You are viewing the translated version of (नियम २३ को उपनियम (३) सँग सम्बन्धित).

Schedule 4
(नियम २३ को उपनियम (३) सँग सम्बन्धित)

(नियम २३ को उपनियम (३) सँग सम्बन्धित)
वातावरणीय प्रभाव अध्ययन वा प्रभाव मूल्याङ्कन प्रतिवेदनको विषयवस्तु तथा ढाँचा

१. लगानीकर्ता (प्रस्तावक) तथा निजको परामर्शदाताको नाम र ठेगाना

२. प्रतिवेदनको सारांशः वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रतिवेदनमा उल्लेख भएका
कुराहरूको संक्षिप्त विवरण (नेपाली तथा अंग्रजीमा) ।

३. प्रस्तावको विवरणः
(क) प्रस्तावको सामान्य परिचय
(ख) प्रस्तावको उदेश्य
(ग) वातावरणीय अध्ययनको औचित्य Rationality_
(घ) वातावरणीय प्रभाव अध्ययनको उद्देश्य
(ङ) प्रस्तावको प्राविधिक, वातावरणीय, भौगर्भिक, भू–भौतिक, साँस्कृतिक, जैविक तथा
सामाजिक–आर्थिक पक्ष उल्लेख गर्ने ।

४. नीतिगत तथा कानूनी व्यवस्थाको समीक्षाः प्रस्तावको प्रकृति र स्तरका आधारमा
आकर्षित हुने/सान्दर्भिक नीति तथा ऐन नियमहरूका सम्बन्धित प्रावधान मात्र ६ वटा
शीर्षकमा छोटकरीमा समीक्षा गर्ने ।

५. वर्तमान वातावरणीय अवस्था तथा वस्तुस्थितिको आधारभूत जानकारी (Baseline/
Existing Environmnetal conditions)
M
(क) भौतिक वातावरणीय अवस्थाः–
(ख) जैविक वातावरणीय अवस्थाः–
(ग) सांस्कृतिक÷सामाजिक–आर्थिक वातावरणीय अवस्थाः–
(यसमा वातावरणीय अध्ययन गरिएको÷गरिने क्षेत्रको भू–भौतिक, साँस्कृतिक, जैविक तथा
सामाजिक, आर्थिक परिस्थितिको अनुसन्धानमूलक तथा तथ्याङ्कमूलक आधारभूत जानकारी
उल्लेख गर्ने (प्रभाव पर्न सक्ने क्षेत्रलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभावित क्षेत्रमा वर्गीकरण
सहित)

६. प्रस्तावको विकल्प विश्लेषणः देहायको विषयमा विश्लेषण गर्नु पर्ने ः–
(क) प्रस्तावको डिजाइन, आयोजना स्थल, प्रविधि र सञ्चालन विधि, समय तालीका,
प्रयोग हुने कच्चा पदार्थ आदिको विषयमा ।
(ख) प्रस्ताव कार्यान्वयन गर्दा आवश्यक पर्ने स्थिर पूँजी र चालू पूँजी, स्थानीय
अनुकूलता, संस्थागत तालिम र सुपरीवेक्षणको आवश्यकताहरूका आधारमा
तुलना गर्ने र सम्भव भएसम्म प्रत्येक वैकल्पिक उपायको वातावरणीय लागत
प्रतिफल तथा आर्थिक महत्वको बारेमा ।
(ग) प्रस्ताव कार्यान्वयन गर्दा पर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन प्रतिकूल
असरहरू ।
(घ) प्रस्ताव कार्यान्वयन गर्दा प्रयोग हुने ऊर्जा र त्यस्तो ऊर्जा बचत गर्न अपनाइने
उपायहरू ।
(ङ) प्रस्ताव कार्यान्वयन नगरेमा हुन सक्ने परिणामको विश्लेषण ।

७. प्रस्ताव कार्यान्वयन तथा सञ्चालनबाट वातावरणमा प्रभाव पर्ने सवालहरूः
(१) (क) पहिचान भएका सवालहरू
(ख) उठान भएका सवालहरू
(ग) अनुमान गरिएका सवालहरू
(२) प्रभाव मूल्याङ्कनको लागि वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनमा प्राथमिकता
दिइएका सवालहरूको सूची (खण्ड ७ (१) को (क), (ख) र (ग) बाट छनौट
भएका)
(३) वातावरणीय सवालहरू, यसबाट पर्ने प्रभावहरू तथा निराकरण÷न्यूनीकरणका
उपायहरूः
(यसमा सवालहरूबाट पर्न सक्ने प्रभावहरू, प्रभावको मूल्याङ्कन, यसको
उल्लेखनीयता, उपचार, निराकरण÷न्यूनीकरण) का उपायहरू र उपचार खर्च
समेत उल्लेख भएको निम्न तालिका बमोजिमको म्याट्रिक्स तालिका (matrix table)
मा प्रस्तुत गर्ने (भौतिक, जैविक, सामाजिक– आर्थिक —निर्माण चरण र
सञ्चालन चरण)
प्रभाव मूल्याङ्कन तथा उपचारात्मक तालिका (Impact Evaluation & Mitigation matrix table)
पूर्व–निर्माण, निर्माण तथा संचालन चरण (सकारात्मक)

८. वातावरणीय व्यवस्थापन योजनाः
(क) वातावरणीय संरक्षणका उपायहरू कार्यान्वयन योजना (तालिका ÷Flowchart/Schematic way मा प्रस्तुत गर्ने )
(ख) वातावरणीय अनुगमन प्रक्रिया (Text तथा तालिकामा)
(ग) वातावरणीय परिक्षण
(घ) वातावरणीय व्यवस्थापन योजना कार्यान्वयनका लागि Organization & Staffing

(ङ) वातावरणीय व्यवस्थापन योजना कार्यान्वयनका लागि अनुमानित वजेट
९. निष्कर्ष तथा सिफारिस
— सन्दर्भ सामग्री
— अनुसूचीहरू
१) उद्घोषण (Declarations)(अनुसूची –५ बमोजिमका)
२) सार्वजनिक सुनुवाईको सूचना र प्रमाण तथा मुचुल्काहरू
३) सम्बन्धित गा.वि.स. वा नगरपालिकाहरूको सिफारिस पत्र